About Me

नाम: निरञ्जन कोइराला

जन्म स्थान: चिप्लेढुङ्गा पोखरा ९, कास्की २, गण्डकी, नेपाल

जन्म मिति: १९८५ जुन २ ईस्वी २०४२ जेठ २०

भाषा: नेपाली, अंग्रेजी, हिन्दी / कोरियाली, स्पेनिश (आधारभूत)

योग्यता: एस.ओ.एस हर्मन माइनर स्कूल गण्डकी, रामबजार, पोखराबाट एसएलसी, बैंगलोर भारतबाट एम.एस.सी-बायोटेक्नोलोजी, दक्षिण कोरियाबाट पी.एच.डी-औषधि जैवरसायन

फोन नम्बर:

ईमेल:

30+ years of experience

20+ projects completed

169+ Contribution

50+ Awards Won

२०८२ को प्रतिनिधिसभा निर्वाचनमा कास्की २ का उम्मेदवार डा. निरञ्जन कोइरालाको जीवनी- बायोग्राफी

वैज्ञानिक डा. निरञ्जन कोइरालाको परनिर्भरताबाट आत्मनिर्भरता तर्फको Roadmap....

आदरणीय विकास प्रेमी आमा-बुआ, दिदि-बहिनि, दाजु-भाई तथा सम्पूर्ण नागरिक समाज 
कास्की क्षेत्र २ तपाईंहरु अवको ५ वर्षका लागि आफ्नो भविष्य कसैलाई सुम्पँदै हुनुहुन्छ । हजार पटक सोच्नुहोस् र निर्णय गर्नुहोस् कि तपाईं आफ्नो भविष्य कस्तो बनाउन चाहनुहुन्छ !?
"प्रतिकूल परिस्थितिहरूबाट हाम्रो देशलाई निकास दिनसक्ने अनि आर्थिक सम्वृद्धिको दिशातर्फ लैजानका निम्ति आवश्यक ज्ञान भएको विज्ञ व्यक्ति छनौट गर्न हाम्रो संविधानले तपाईंलाई पूर्ण अधिकार दिएको छ ।"

विज्ञ-वैज्ञानिक प्रतिनिधि वा राजनीतिक दलका प्रतिनिधि ??
समस्याहरूको समाधान गर्न रणनीति दिनेहरू वा अप्राकृतिक अनि अवैज्ञानिक भाषण दिने, सपना मात्रै बाड्नेहरु ।?
जनताका समस्याहरूको समाधान दिन सक्ने विज्ञ-वैज्ञानिक प्रतिनिधि छान्नुहोला 
कुनै पनि किसिमको प्रभाव स्वीकार नगर्नु होला 
अन्तिम छनोट तपाईंको हो 

जेंजी आन्दोलनको जगमा हुन लागेको आम निर्वाचनको सुविधा सबै पार्टीहरुले उम्मेदवारी दिएर लिये तर कस्तो उम्मेदवार सहिद जेंजीले चाहेका थिए तेता तिर कसैको ध्यान नगएको देख्दा जेंजी सहिदहरु प्रति सम्मान नगरिएको तथा धोका भएको मैले महसुस गरे ! जेंजी आन्दोलनले दिएको mandate अनुरुप आफ्नो अमुल्य मत जाहेर गर्ने अन्तिम घडी नजिक छ !
हामीहरुलाइ केवल नया अनुहारका उम्मेदवार चाहिएको होइन, उमेदवारहरुको सोच्ने स्कुलिङ्ग नै सम्पूर्ण रुपमा नया चाहिएको हो !

देश र जनताको भविष्य लेख्ने मसी अव वैज्ञानिकको हातमा...
पाँच वर्षमा पाँच कामको प्रतिबद्धता The Roadmap
1. मातृभूमिको जमिन र जलमा भएका प्राकृतिक श्रोतहरुको वैज्ञानिक पहिचान
2. कृषिमा औजारिकरण, जैविक मलको स्वोदेशी उत्पादन, विषादी मुक्त तरकारी तथा फलफुल उत्पदान तथा किसानलाई बजारको सुनिस्चितता
3 जडिबुटी, जैविक उर्जा, जैविक पर्यटन तथा जैविक अर्थतन्त्रमा जोड दिदै उद्योग-कलकारखानाहरुको स्थापना र रोजगारीको व्यवस्था
4. बालबालिकाहरुलाई स्कूल देखिनै coding, अन्तरिक्ष बिज्ञान, कृत्रिम बुद्धिमत्ता तथा नयाँ प्रविधिहरुमा जानकार गराउने प्राविधिक शिक्षा
5 वैज्ञानिक ढंगले संविधान संशोधन गर्ने, आवश्यक कानुन, नीति-नियम निर्माण

सुशासन, पारदर्शिता, जवाफदेहिता सहितको भ्रस्टाचार मुक्त समाज निर्माण तथा देशको वैज्ञानिक परिवर्तनका लागि मसी चिन्नमा भोट हाल्नुहोला 

प्रतिनिधि सभामा अव विज्ञ-वैज्ञानिकहरुको सहभागिता...

जय कास्की, जय देश !!

हजुरकै आफ्नै,

कास्की क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार
वैज्ञानिक डा. निरञ्जन कोइराला

About