VOTE for INK
Feb 05, 2026
1 min read
10

VOTE for INK

कास्की-२ का बैज्ञानिक उम्मेदवार
मसी चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार ४० वर्षीय बैज्ञानिक डा निरञ्जन कोईरालालाई चिनौँ-

– पी.एच.डी. (2016) सनमुन युनिभर्सिटी, कोरिया गणतन्त्रबाट बायोकेमिस्ट्री (फार्मास्युटिकल) विषय,
– पोस्टडक्टोरल अनुसन्धान फेलोशिपहरू पहिलो युनिभर्सिडाड नेसियोनल अटोनोमा डे मेक्सिको, (UNAM-Mexico, 2018) र अर्को मकाउ विश्वविद्यालय, मकाउ SAR-चीन (UM-Macao, 2020) मा पूरा गरे,
-बायोकेमिस्ट्रीमा पीएचडी गरेपछि उनले पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त, काठमाडौं नेपालमा रहेको कलेजमा बायोकेमिस्ट्री विभागको प्रमुखको हैसियतमा सेवा गरे,
-Covid-19 पछि उनी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (GPAST), गण्डकी प्रदेश सरकार, नेपालमा एक वैज्ञानिक र प्रवक्ताको रूपमा सेवा गरे र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST), विशेष अनुसन्धान केन्द्र, नेपाल सरकारका लागि रिसर्च फेलोसीप प्राप्त गरे।

-आजसम्म पूरा गरेका अनुसन्धान कार्यहरू अन्तर्राष्ट्रिय अनुसन्धान समुदायद्वारा उद्धृत गरिएको छ (उद्धरणहरू: 5500 गुगल स्कॉलर द्वारा 2025 सम्म अनुक्रमित)।
-आफ्नो पीएचडी वर्षको अवधिमा गरेका अधिकांश अनुसन्धान कार्यहरू कोरियाली बौद्धिक पेटेन्ट कार्यालयले (KIPO-Korea), पेटेन्ट अधिकारहरू प्रदान गरेको छ।
-अन्तर्राष्ट्रिय सम्मेलनहरूमा उत्कृष्ट पोस्टर प्रस्तुतीकरण पुरस्कार र उत्कृष्ट मौखिक प्रस्तुतीकरण पुरस्कारहरू पाएका छन्,
– नेपाल विद्याभूषण “ए”पदक; नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानबाट विज्ञान तथा प्रविधि युवा पुरस्कार, दक्षिण कोरियाको सन मुन युनिभर्सिटीद्वारा डीन च्वाइस अन्तर्राष्ट्रिय विद्यार्थी समाज अवार्ड; BRICPL इंडिया युवा वैज्ञानिक पुरस्कार प्राप्त ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका रिसर्च फेलो, क्रसरेफका लागि नेपालका राजदूत, इन्टरनेशनल एसोसिएसन अफ डाइटेटिक न्यूट्रिशन एन्ड सेफ्टीका लागि नेपालका पर्यवेक्षक, फाइटोकेमिकल सोसाइटी अफ एशिया, इन्टरनेशनल केमिकल बायोलोजी सोसाइटीका सदस्य र बायोटेक्नोलोजी सोसाइटी नेपालका आजीवन सदस्य,
– सम्पादकीय बोर्ड सदस्य र समीक्षकको रूपमा धेरै जर्नलहरूमा सेवा गरिरहेका र धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन र कार्यशालाहरूमा आमन्त्रित भई भाग लिइसकेका छन्।
– धेरै निजी र सरकारी अनुसन्धान संस्थाहरूमा भ्रमणकर्ता र सल्लाहकार वैज्ञानिकको रूपमा सक्रिय रूपमा संलग्न – – हालसालै स्ट्यानफोर्ड विश्वविद्यालयले तयार पारेको विश्वको शीर्ष २% वैज्ञानिकहरूको सूचीमा सूचीबद्ध गरिएको छ।

शैक्षिक योग्यता:
एस.ओ.एस हर्मन माइनर स्कूल गण्डकी, रामबजार, पोखराबाट एसएलसी,
बैंगलोर भारतबाट एम.एस.सी-बायोटेक्नोलोजी,
दक्षिण कोरियाबाट पी.एच.डी-औषधि जैवरसायन ।

अनुसन्धान अनुभव: मेक्सिको र माकाओबाट पोस्ट-डक्टरल फेलोशिप, पोखरा विश्वविद्यालयसँग सम्बद्ध कलेजमा विभाग प्रमुख, गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिक र प्रवक्ता, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक/आर.एफ र निजी तथा सरकारी संस्थाहरूका लागि वैज्ञानिक सल्लाहकार ।

अनुसन्धान तथा पेटेन्ट प्रकाशनहरू: ५५०० भन्दा बढी विश्वव्यापी उद्धरणहरू सहित राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा लगभग १०० अनुसन्धान प्रकाशनहरू । कोरियाली बौद्धिक पेटेन्ट कार्यालय (KIPO), दक्षिण कोरियामा दर्ता भएका ४ पेटेन्टहरू प्रकाशित

मान्यता र पुरस्कार:
1. स्ट्यानफोर्ड विश्वविद्यालयद्वारा सूचीकृत विश्वका शीर्ष २% वैज्ञानिकहरूमा सूचीकृत
2. नेपाल सरकारको विज्ञान तथा प्रविधि मन्त्रालय द्वारा विज्ञान तथा प्रविधि युवा पुरस्कार (२०२२) बाट सम्मानित
3. नेपाल सरकारको शिक्षा मन्त्रालयद्वारा प्रशंसा पत्र सहित नेपाल शैक्षिक विद्या भूषण- ‘ए’ पदक (२०१६) बाट सम्मानित
4. ICET-२०१६ अन्तर्राष्ट्रिय सम्मेलनको क्रममा जैव रसायन विज्ञानको क्षेत्रमा योगदान र मान्यताको लागि BRICPL-भारत युवा वैज्ञानिक पुरस्कार (२०१६) बाट सम्मानित
5. स्पेन, भिगोमा समावेश गरिएको अन्तर्राष्ट्रिय आहार पोषण तथा सुरक्षा संघ (IADNS) का लागि नेपालका पर्यवेक्षक
6. क्रसरेफ, संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत
VOTE for INK

Share Post